मुक्तक

१. वसन्ती त्यो जङ्गलमा कोइलीको धुन सुनेपछि
मानवको मानवतालाई मर्ने मनले गुनेपछि
हाँसो आउँछ अधरमा उल्लासको उमङ्गको
फक्रने त्यो फूलहरुको एउटै माला उनेपछि

ADVERTISEMENT

२. विउ छरेँ पसिनााको बोधिसत्व उमार्नलाई
समाजको संस्कृति अझैँ धेरै सपार्नलार्य
स्वाभलम्बी परिश्रमी बन्ने प्रयास गरेको छु
अल्छीपना कर्महिन्ता धेरै पर सार्नलाई

३. देशको माटो सुघी रन्छु सुगन्धले फोक्सो भर्न
पसिनाको थोपा छिट्छ विकासको यात्रा गर्न
स्वाभिमानको भारी बोकी आरोहणमा निस्कन्छ
सुशासनको घडा भरी उमङ्गको जल छर्न
नाम : सुविज्ञा सुवेदी
कक्षाः १०
बालजागृति इंग्लिस सेकेण्डरी स्कूल

Leave a Reply

Your email address will not be published. Required fields are marked *