हेटौंडा, नयाँ खेलाडीहरुको प्रतिभा प्रस्फुटन एवम् पहिचानको उद्देश्यसहित हेटौंडामा अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता हेटौंडाको कबर्डहलमा जारी रहेको छ ।
बुधबार भएको ६३.५ केजी तौल प्रतिस्पर्धामा मकवानपुरका सोहन राई विजयी भएका छन् । उनले कास्कीका शिव सिल्वाललाई पराजित गरेका हुन् । बुधबार भएको ५७ केजी तौल समूहमा पनि मकवानपुरका अभिषेक राना मगर विजयी भएका छन् । उनले सल्यानका केशवराज गिरीलाई पराजित गरेका हुन् ।







