हेटौँडा, बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बागमती प्रदेशका पत्रकारको सामूहिक दुर्घटना वीमा गरिदिएको छ ।
कानून र सन्चार मन्त्रालयको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारको लागि राष्ट्रिय वीमा कम्पनी लि मार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाको दुर्घटना वीमा गरिएको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिएका छन् । कार्कीका अनुसार ६३ करोड ४० लाख रुपैया बराबरको वीमाड्ढ रकमको वीमा गरिएको हो ।
चैत्र ५ बाट लागु हुने वीमालेख अनुसार वीमीत पत्रकारको मृत्यु भएमा कुल ४ लाख रुपैया र दुर्घटना भएको खण्डमा एक लाख रुपैया बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने वीमा कम्पनीलाई उद्धत गर्दै कार्कीले जानकारी दिएका छन्।
आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले जिम्मेवारी सम्हालेपछि पत्रकारको वीमाको काम छिटो कार्यान्वयन गर्न निर्देशन दिएपछि पत्रकाहरुको सामूहिक दुर्घटना वीमा लागू भएको हो ।
यसै गरि मन्त्री श्रेष्ठले नेपाल पत्रकार महासंघ बागमती प्रदेशलगायत अन्य ५ वटा संस्थाहरुलाई समेत पत्रकाहरुको क्षमता अभिबृद्धि गर्न सहयोग गरिएको बताएका छन्।






