जनकल्याणद्वारा क्षमता विकास तालिमको आयोजना


हेटौडा, हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले शनिवार एक दिने क्षमता विकास तथा वित्तिय ब्यवस्थापन तालिमको आयोजना गरेको छ । संस्थाको चालु आव. ०७९/०८० को स्वीकृत वार्षिक कार्याक्रम अनुसार तालिमको आयोजना गरिएको हो ।

ADVERTISEMENT

तालिममा संस्थाको वित्तिय विवरण, सहकारीमा आई पर्ने विभिन्न समस्याहरु, संस्थाले भविष्यमा गर्नु पर्ने सहकारी सम्वन्धि विभिन्न गतिविधिहरुको बारेमा समूहगत रुपमा छलफल गरिएको थियो । सहकारीको वर्तमान अवस्था, सहकारी ऐन नियम, शेयर सदस्यहरुलाई दिनु पर्ने सेवा सुविधा, बचत संकलन, ऋण लगानी, विभिन्न कोषहरु, सहकारीको संस्थागत पूँजी, सामाजिक उत्तरदायित्व, सञ्चालक समिति, ऋण उपसमिति, लेखा समिति विभिन्न उपसमितिले गर्नु पर्ने कार्यहरु र कर्मचारी परिचालन लगायतका विषयहरुमा जिल्ला बचत तथा ऋण सहकारी संघ, मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठले सहजीकरण गरेकी थिइन् ।

संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा भएको तालिममा सञ्चालक समितिका पदाधिकारी, लेखा समिति, विभिन्न उपसमिती, संस्थाका कर्मचारी, शेयर सदस्य समेत गरि ३२ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *