हेटौंडा, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको नेतृत्वले अदुवा खेती पकेट क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । अनुगमनमा लेखा अधिकृत रामकृष्ण श्रेष्ठ, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, पकेट समितिका पदाधिकारीहरु र कृषकहरुको सहभागीता रहेको थियो ।
मकवानपुरगढी गाउँपालिका वडा नं. ७, सुकौरामा गत वर्षबाट संचालन गरेका र यस वर्ष निरन्तरताको लागि कृषकहरुले अदुवा पकेट विकास कार्यक्रम अन्तर्गत संचालन गरिरहेका कामहरुको स्थलगत अनुगमन गरिएको हो । अनुगमनका क्रममा कतिपय कृषकहरुले अदुवा लगाईसकेका छन्, कतिपयले कृषकले लगाईरहेका छन् भने कतिपयले लगाउने तयारीमा रहेका छन् ।
मकवानपुरगढी गाउँपालिका वडा नं.७ सुकौरामा करिब १० हेक्टर क्षेत्रफलमा अदुवा खेती लगाईरहेका छन् । एक जना कृषकले १० कठ्ठा देखि २ विघा क्षेत्रफलसम्म अदुवा लगाईरहेका छन् । यस क्षेत्रका कृषकहरुको लागि अदुवा नगदे बालीको रुपमा रहेका छन् ।







