हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु

हेटौँडा, हेटौँडा उपमहानगरपालिका–१५, कमेरोपानीमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ।

ADVERTISEMENT

मृतक हेटौँडा–१६, सानो आकाशधारा घर भई हाल बारा जिल्लाको निजगढ नगरपालिका–१३ बस्दै आएका ३७ वर्षीय बुद्ध बहादुर प्रजा रहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार राति करिब ९ बजे कमेरोपानीस्थित धन बहादुर स्याङतानको किराना पसल अगाडि श्रीमतीसँगै पैदल हिँडिरहेका बेला चट्याङ परेर प्रजाको घटनास्थलमै मृत्यु भएको हो।

ADVERTISEMENT

घटनास्थल पुग्न खोला तर्नु पर्ने भएकाले प्रहरी तत्काल पुग्न नसके पनि प्रहरी चौकी रातोमाटेबाट प्रहरी वरिष्ठ नायव निरीक्षक श्याम किशोर यादवको नेतृत्वमा गएको टोली शनिबार बिहान करिब ६ः१० बजे मात्र घटनास्थलमा पुगेको थियो।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको नेतृत्वमा अर्को प्रहरी टोली पठाइएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya