बागमती प्रदेश समृद्धिको बाटोमा: मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा, बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश समृद्धिको बाटोमा अगाडी बढेको बताएका छन् । संविधान दिवस मुल आयोजक समिति बागमती प्रदेशले हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वनमा आयोजना गरेको वृक्षारोपण कार्यत्रमलाई सम्वोधन गर्दै वहाले समृद्धिको यात्रामा सबै दलको सहयोग आवश्यक पर्ने बताए ।

नेपालको संविधान विश्वको उत्कृष्ट संविधान भएको र यस संविधानले सबै बर्गको भावनालाई समेटको छ । मुख्यमन्त्री जम्कट्टेलले भने । १२ वर्षे जनयुद्ध र जन आन्दोलनले ल्याएको परिवर्तनलाई आत्मसाथ गर्दै संविधान रक्षा गर्नु सबै दलको जिम्ममेवारी हो ।

कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मुक्तान, प्रदेश सांसद एकालाल श्रेष्ठ, प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति प्रमुख ललित घलान, प्रमुख जिल्ला अधिकारी सूर्य सेढाई, हेटौडाण्६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठ, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, शिखरपानी सामुदायिक वनका अध्यक्ष चन्द्र बहादुर पाख्रिन, सामुदायिक वनका पदाधिकारी, उपभोक्ता लगायतको सहभागिता थियो ।

कार्यक्रममा अमला, अम्बा, सतसिाल, टटेलो, निम, कागती, हर्रो, बर्रो, सरिफा, काइयो फूल,बेल, मेङगोट्रिन लगायतका विरुवाको वृक्षारोपण गरिएको सहायक वन अधिकृत अच्यत प्रसाद उपाध्यायले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button