बागमती प्रदेशको दोस्रो जित, रिजनले लिए ३ विकेट

हेटौंडा, वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकाल्न सफल भएको छ । शुक्रबार भएको खेलमा कोशी प्रदेशलाई ७ रनले हराउँदै बागमती विजयी बनेको हो। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो।

कोशीले सुरूवात राम्रो गर्यो। मिनास थापा र कप्तान अंकित सुवेदीले पहिलो विकेटको लागि ५३ रनको साझेदारी गरे। अंकित ४ ओभर ४ बलमा ३६ रनमा आउट भए। यसपछि कोशीलाई बाकी ९ विकेटको मद्दतमा जितको लागि ८६ रन जोड्नु थियो। जुन हुन सकेन।

सुजन थपलिया ३२ रनमा आउट भए। यसपछि अन्य खेलाडीले निराशाजनक प्रदर्शन गरे। मिनास थापा ११ तथा दीपेश कँडेल र फ्रिदोश अन्सारी १०र१० रनमा आउट भए। अन्य खेलाडीले दोहोरो रन छुन सकेनन्।

बलिङमा रिजन ढकालले ४ ओभर बलिङ गर्दै १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। यसैगरी इशान पाण्डे र सुबाास खत्रीले समान २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३८ रन बनाएको थियो। उसको लागि इशान पाण्डेले सबैभन्दा बढी ३१ रन, सोनु देवकोटाले ३० बनाउँदा सोनु देवकोटाले नटआउट १३ र रबिन जोशीले १३ रन बनाएका थिए। बलिङमा श्रवण यादवले ४ ओभर खेल्दै १७ रन खर्चेर ३ विकेट लिए। यस्तै ज्ञानेन्द्र श्रेष्ठले २ विकेट लिए।

३ खेल खेलेर बागमतीले ४ अंक बनाएको छ। यसअघि बागमतीले गण्डकीलाई ६७ रनले हराउँदा मधेशसँग ६ विकेटले पराजित भएको थियो।पहिलो खेलमा कोशीको यो पहिलो हार हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button