यू १६ क्रिकेट प्रतियोगितामा आज मकवानपुरले भक्तपुरसँग खेल्दै

हेटौंडा, यू १६ इष्ट जोन कप बागमती प्रदेश छनोट क्रिकेट प्रतियोगिता आज मङ्गलबार मकवानपुरले भक्तपुर जिल्लासँग प्रतिस्पर्धा गर्दैछ । भरतपुर महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको नमुना खेल मैदानमा प्रतियोगिता जारी छ ।

प्रतियोगितामा नेपाल क्रिकेट संघबाट मान्यता पाएका बागमती प्रदेशका ६ जिल्लाको टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ काठमाडौँ, भक्तपुर, मकवानपुर र समूह ‘बि’ मा ललितपुर, चितवन र नुवाकोट रहेका छन्। सोमबार भएको उद्घाटन खेलमा काठमाडौंले भक्तपुरलाई ३९ रनले पराजित गरेको छ ।

आजको खेलमा भक्तपुरको दोस्रो खेल हो भने मकवानपुरको सुरुवात खेल हो । मकवानपुरको दोस्रो खेल काठमाडौंसँग बैशाख ६ गते रहेको छ । मकवानपुरको टीमको कप्तानी गोकुल अधिकारीले सम्हालेका छन् । मकवानपुर यू १६ मा कप्तान गोकुल अधिकारी, विशाल कुमार यादव, गौरव श्रेष्ठ, शिव शक्ति महतो, रौशनकुमार राय, प्रन्जल उपाध्याय, अजल मानन्धर, रोहित ठाकुर, अमनकुमार यादव, राहुल प्रसाद यादव, रोशनकुमार यादव, आरभचन्द गुप्ता, अशोक कुमार यादव र आशिक अधिकारी रहेका छन् ।

Advertisement 3

मकवानपुरको टिमको प्रशिक्षकमा रामनरेश गिरी रहेका छन् भने व्यवस्थापकमा विशाल फुयाँला रहेको मकवानपुर क्रिकेट संघका कार्यवहाक अध्यक्ष विनोदकुमार बानियाँले जानकारी दिए । बागमती प्रदेश टिमबाट फेरी राष्ट्रिय खेलाडी छनोट गरिनेछ। प्रतियोगितामा म्यान अफ दि म्याच, वेस्ट बलर, वेस्ट ब्याटर, म्यान अफ द सिरिजलाई पुरस्कारको व्यवस्था गरिएको छ। यू १६ इष्ट जोन कप बागमती प्रदेश छनोट क्रिकेट प्रतियोगिता भएपनि नाम भरतपुर मेयर बागमती प्रदेश अन्डर १६ क्रिकेट छनोट प्रतियोगिता राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *