आजबाट हेटौंडा साहित्य महोत्सव, तयारी पूरा

हेटौंडा, आज शुक्रबारबाट हेटौंडामा ‘हेटौंडा साहित्य महोत्सव’को आयोजना हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको र नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा साहित्य महोत्सव हुन लागेको हो ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामाले महोत्सवको उद्घाटन गर्ने कार्यतालिका रहेको छ । दुईदिन सम्म सञ्चालन हुने महोत्सवमा साहियिका विभिन्न पक्षमा वहस, कविता वाचन, गजल महफिल, मुक्तक वाचन, पुस्तक प्रदर्शनी, चित्रकला प्रर्दशनी, आदिवासी जनजातिका कथा लगायतका विषय रहने आयोजक संगमका अध्यक्ष अनिता न्यौपानले जानकारी दिइन् । मकवानपुरे साहित्यमा २०४४ सालदेखि क्रियाशिल संगमले पहिलो पटक साहित्यिक महोत्सवको आयोजना गर्न लागेको हो । बैशाख ९ गते साहित्य संगम मकवानपुरको ३३० औं नियमित साहित्य सन्ध्यामा संगमले प्रदान गर्ने सम्मान समेत वितरण गरिने संगमका सचिव डिबी बर्तौलाले जानकारी दिए । साथै उक्त दिन दुई वटा कृतिहरु पनि विमोचन हुनेछ ।

संगमले मकवानपुुर साहित्य श्री सम्मान २०७९ मकवानपुरका साहित्यकार/गीतकार शम्भु बास्कोटालाई प्रदान गर्ने भएको छ । पुरस्कार राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यो सम्मान तत्कालीन जिविस मकवानपुरले दुुईलाख राशीको अक्षयकोष मार्फत् स्थापना गरिएको थियो । यस्तै हास्यव्यङ्ग्यकार भैरव अर्याल परिवारको सहयोगमा साहित्य संगम मकवानपुरले दुुई लाख ५० हजारको अक्षयकोष मार्फत स्थापना गरेको भैरव अर्याल स्मृति सम्मान २०७९ साहित्य लेखन, पत्रकारिता, व्यङ्ग्य र बज्जिका भाषामा निरन्तर साधनारत सञ्जय साहलाई प्रदान गरिने भएको छ । यसको राशी २१ हजार एकसय ११ रुपैयाँ रहेको छ । यसैगरी हास्यव्यङग्यकार आरसी रिजालले आफ्नो आमाको स्मृतिमा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार यसवर्ष ज्ञानदीप शिक्षा निकेतनकी उपासना थापालाई प्रदान गरिने भएको छ । जसको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुुरस्कार ९ देखि १२ कक्षामा अध्ययनरत छात्राहरु बीच चित्रकला प्रतियोगिता गराई छनोट गरी प्रदान गर्न लागिएको हो । प्रत्येक वर्ष साहित्य तथा कलाका फरकफरक विधामा प्रतियोगिता गराइ यो पुरस्कार प्रदान गरिदै आएको छ । शिक्षासेवी डेण्टीजंग शाहले आफ्नो दिवंगत छोराको स्मृतिमा स्थापना गरेको शेषजंग स्मृति कथा पुरस्कार यसवर्ष बालजागृति सेकेन्डरी बोर्डिङ स्कुलकी छात्रा कृषाङ्गी अर्याललाई प्रदान गरिने भएको छ । जसको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कार ९ देखि १२ कक्षामा अध्यययनरत छात्रछात्राहरु बीच कथा प्रतियोगिता गराइ छनोट गरी प्रदान गर्न लागिएको हो ।

प्रत्येक वर्ष साहित्यको कथा विधालाई यो पुरस्कार प्रदान गरिदै आइरहेको छ । यस्तै साहित्यकार विशाल अधिकारी (आशुतोष) ले आफ्नो पिताको सम्झनामा स्थापना गरेको भेषनाथ अधिकारी स्मृति छन्द सम्मान यस वर्ष छन्दकवि सुदेश सत्याललाई प्रदान गरिने भएको छ । जसको राशी १५ हजार ५५५ रुपैयाँ रहेको छ । हालः अमेरिका निवासी दीपक मुडभरीले आफ्नो मातापिताको नाममा स्थापना गरेको सुभद्रादेवी–मदन मुडवरी स्मृति सम्मान २०७९ साहित्यकार पूर्णकला घिमिरेलाई प्रदान गरिने भएको छ । यसको राशी १० हजार रुपैयाँ रहेको छ । शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको स्मृतिमा स्थापना गरेको मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मान–२०७९ मकवानपुरमा जन्मेर काठमाडौं कर्मथलो बनाइ साहित्यमा सक्रिय स्रष्टा विना थिङलाई प्रदान गरिने भएको छ । यसको पुरस्कार राशी १० हजार रुपैयाँ रहेको छ । साहित्यसेवी मुुक्तिगोविन्द वैद्य र उनको धर्मपत्नी तारादेवी वैद्यले स्थापना गरेको १० हजार राशीको मुक्ति–तारा सम्मान २०७९ सुत्रकथाकार श्यामकृष्ण ज्ञवाली (एस.के निधन) लाई प्रदान गरिने भएको छ ।

हालः अष्ट्रेलिया बसोबास गर्दै आएका साहित्यकार जेनन नेपाल र शर्मिला दुुलालले आफ्नो हजुरआमा हजुरबुुबाको स्मृतिमा स्थापना गरेको २२ हजार २२२ रुपैयाँ राशीको डम्बर पूर्णमाया स्मृति कविता सम्मान २०७९ साहित्यकार मनुु मञ्जिललाई प्रदान गरिने भएको छ । यो सम्मान पहिलो पटक प्रदान गर्न लागिएको हो । साहित्यकार केशव श्रेष्ठ ‘ज्योति’ले साहित्य संगम मकवानपुरको नाममा स्थापना गरेको साहित्य संगम मकवानपुर स्मृति कृति सम्मान–२०७९ कथा संग्रह अपरिचित अनुहारका साहित्यकार महेश पौडेललाई प्रदान गरिने भएको छ । यसको राशी २५ हजार रहेको छ । साहित्यकारद्धय ऋषि के.बी र पुुण्यशिला श्रेष्ठले मातापिता/सासुुससुुराको नाममा स्थापना गरेको रामहरि–देवु युवा सम्मान–२०७९ साहित्यकार/कवि छवि अनित्यको लागि प्रदान गरिँदैछ । यस वर्षबाट प्रदान गर्न लागिएको सम्मानको राशी १० हजार रहेको छ । महोत्सव सम्पन्न गर्नको लागि करिव ५ लाख रुपैयाँ खर्च लाग्ने संगमले अनुमान गरेको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *