शिक्षक दौड प्रतियोगितामा चौलागाई प्रथम

हेटौंडा, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको ब्यबस्थापन तथा हेटौंडा उपमहानगरपालिका ४ नं.वडा कार्यालयको आयोजनामा सहिद सप्ताह अन्तर्गत सोमबार पुरुष शिक्षक दौड तथा महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता भएको थियो ।
पुरूष शिक्षक दौड प्रतियोगितामा भानु माध्यमिक विद्यालय गढीका मुकेश चौलागाई प्रथम भानुकै दुर्लभकुमार दुलाल दोस्रो, नवोदय शिशु सदन हेटौंडाका शुभ कंशाकार तेस्रो, शारदा मा.वि.गढीकै दिनेश सुवेदी चौथो र नवोदय शिशु सदन हेटौंडाका अविरल शाक्य सान्त्वना भए ।

ADVERTISEMENT

दौड प्रतियोगिता ४ नं. वडा कार्यालयबाट शुरू भई शितलमहल, ओम भवन, भैरवरोड, मिलनचोक हुँदै ४ नं. वडामै आइपुगेको थियोे । दौडमा ३४ जना र स्लो स्कुटी रेसमा ४० जना शिक्षकले सहभागिता जनाएको थियो । स्लो स्कुटी रेस हेटांैको हुप्राचौरमा भएको थियो । त्यस्तै गरि स्लो स्कुटी रेसतर्फ भृकुटी मा.वि. हेटौंडा १४ की सिर्जना थिङ प्रथम, ब्रह्मदिक् एकेडेमी, हेटौंडा ४ कि सुजिता बोम्जन द्वितीय र सोही विद्यालयकी मुना लामा तृतीय भए ।

पूर्व संघीय युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलको प्रमुख आतिथ्यता, ४ नं. वडाध्यक्ष नवीन सिग्देलको विशेष आतिथ्यतामा पुरूष शिक्षकहरूलाई ३ कि.मि. दौड तथा महिला शिक्षकहरूको लागि स्लो स्कुटी रेस सम्पन्न भएको हो । प्रतियोगितामा पुरूष शिक्षक तर्फ दौडमा प्रथम् ७ हजार, द्वितीय ५ हजार, तृतीय ३ हजार, चौथो २ हजार र सान्त्वना १ हजार र महिला शिक्षक तर्फ स्लो स्कुटी प्रतियोगितामा प्रथम् ७ हजार, द्वितीय ५ हजार र तृतीय ३ हजार पुरस्कार रहेको थियो ।

ADVERTISEMENT

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षतामा उद्धाटन तथा पुरस्कार वितरण कार्यक्रम जिल्ला सचिव मुकुन्द न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठन बाग्मति प्रदेश सदस्य सुनिल गौतम, लक्ष्मी प्यककुरेल, बालकुमार श्रेष्ठ, जिल्ला उपाध्यक्ष प्रतिमा गौतम, कृष्ण पौडेल, सहसचिब चन्द्रादेबी लामा बल, कोषाध्यक्ष भावना सापकोटा, सहकोषाध्यक्ष सबितन लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya