हेटौंडा, रोटरी क्लव मकवानपुर र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा सोमबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
हेटौंडा १३ स्थित फेमकोल एकेडेमीमा भएको शिविरमा ७ सय ९ जनाले आँखा परिक्षण गराउँदा ५१ जनामा मोतियाविन्दु देखिएको विद्यालयका प्रिन्सिपल केशव मुडभरीले जानकारी दिए । फेमकोल विद्यालयको व्यवस्थापनमा बुधबार ५१ जनाको मोतियाविन्दु भएका व्यक्तिहरुको आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया हुने मुडभरीले बताए ।
फेमकोल विद्यालयका प्रिन्सिपल केशव मुडभरीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १३ नम्वर वडाध्यक्ष पेम्वा लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा १२ का कार्यवहाक अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, रोटरी क्लव मकवानपुरका पूर्व अध्यक्ष कविन सांगामी, अनिल अग्रवाल, गोकर्ण सुवेदी, विज्ञान रिमाल, हरिकुमार शर्मा, रामप्रसाद शर्मालगायतको आतिथ्यता रहेको थियो ।







