हेटौंडा, बागमती प्रदेशसभाको वर्षे अधिवेशन आगामी जेठ ९ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार एक सूचना जारी गर्दै प्रदेशसभाको बजेट अधिवेशनको रुपमा रहेको वर्षे (बाहैं) अधिवेशन जेठ ९ गते मंगलबार दिउँसोका लागि आह्वान गरिएको हो ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार प्रदेशसभाको अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको थियो । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्राथमिकताका क्षेत्रका विषयमा छलफल हुने जनाइएको छ ।
त्यस्तै प्रदेश प्रमुख शर्माले एक विद्येयक प्रमाणिकरण सकेत गरेका छन् । उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को साविकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गरेका हुन् । प्रदेश प्रमुख कार्यालय बागमती प्रदेशका प्रवक्ता गोविन्द प्रसाद पौडेलका अनुसार प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम सो विद्येयक प्रमाणीकरण गरेका हुन् । गत चैत बैशाख १२ गते बसेको प्रदेशसभा बैठकबाट पारित भएको उक्त विद्येयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालय बागमती प्रदेशमा पेश गरिएको थियो ।







