माघ १७ गते हेटौंडामा नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारण सभा

हेटौंडा, नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारण सभा आउँदो माघ महिनाको १७ गते हेटौंडामा हुने भएको छ । देशैभरिका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरि बजारमा पठाउने उद्योगहरुको छाता संस्थाको गठन गर्न पुष २६ र २७ गते काठमाण्डौंमा बसेको उद्योगीहरुको भेलाले माघ १७ गते प्रारम्भिक साधारण सभा राख्ने निर्णय गरेको हो ।

भेलाले साधारण सभाको तयारी गर्न बिक्रम लिम्बु चेमजोङको संयोजकत्वमा १९ सदस्यीय कार्यकारिणी तयारी समिति समेत गठन गरेको छ । उक्त समितिको पूर्ण बैठकले सो प्रारम्भिक साधारण सभा हेटौंडामा आयोजना गर्ने निर्णय गरेको हो । कार्यक्रममा देशै भरीका प्रदेश संघ, विभिन्न जिल्लामा रहेका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघका प्रतिनिधिहरूको सहभागी रहने संयोजक बिक्रम लिम्बुचेमजोङले बताउनु भयो ।

त्यसैगरी समितिका सदस्यहरुमा गोकर्ण सिलवाल, गंगा प्रसाद अगंजा, गोकुल थापा, रविन्द्र मोहन अधिकारी, लिला भण्डारी, मिना दाहाल, भिमसेन खतिवडा, भरत बुढाथोकी, रुपचन्द्र थापा, रोसा श्रेष्ठ, राष्ट्रमान श्रेष्ठ, कैलास भट्ट, दिपक श्रेष्ठ, ध्रुब अधिकारी, बिक्रम मण्डल, रुपचन्द्र नौलाखा, ध्रुब बहादुर गौतम, अमराज लामा रहेका छन् । उक्त समितिको बैठकले भरत लकाई र देव नारायण चौलागाई रहेको दुई सदस्यीय कानुनी सल्लाहाकार समिति समेत गठन गरेको छ ।

Advertisement 3

Leave a Reply

Your email address will not be published. Required fields are marked *