आठ नम्वर वडाको १५ दिने मन्टेश्वरी तालिम सम्पन्न

हेटौंडा, हेटौंडा उपमहानगरपालिका ८ नं. वडा कार्यालयको आयोजना भएको १५ दिने निःशुल्क मन्टेश्वरी तालिमको शनिबार समापन भएको छ । हेटौंडा लिंकेज टेक्निकल एकेडेमीको प्राविधिक सहयोगमा १५ दिनमा ९० घण्टे मन्टेश्वरी तालिम प्रदान गरेको हो । हेटौंडा ८ नम्वर वडाका २५ जना महिलाहरूको तालिममा सहभागिता रहेको थियो ।

ADVERTISEMENT

‘विद्यालयमा मन्टेश्वरीको माग उच्च रहेको र नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा मन्टेश्वरी कक्षाको लागि दक्ष जनशक्ति आवश्यकता पर्ने हुन्छ ।’ हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष राम थापाले भने –‘हेटौंडा ८ नम्वर वडाको वार्षिक कार्ययोजना अनुसार नै शिक्षालाई जोड दिने उद्देश्यले तालिम दिइएको हो । तालिममा सहभागिता जनाएका २५ जना महिलाहरु दीक्षित भएका छन् ।’

तालिम प्राप्त भएपश्चात विद्यालयमै रोजगार सिर्जना गर्ने उद्देश्यले मन्टेश्वरी तालिम सञ्चालन गरेको उनले बताए । तालिममा मुख्य प्रशिक्षक धरानका प्रिजा राई र सहायक प्रशिक्षकमा हेटौंडाका सोस्तिका थापा मगरले तालिमको सहजीकरण गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya