काष्ठकलातर्फ आकर्षिक हुँदै महिला

हेटौंडा, काष्ठकलाको माध्यमबाट विभिन्न सामग्री बनाएर हेटौंडाका महिलाहरु अहिले स्वरोजगार बन्न थालेका छन् । हेटौंडा–५ मा रहेको पिप्ले पोखरा सामुदायिक वनमा आवद्ध भएका महिलाहरुले काष्ठकलाबाट मनग्य आम्दानी गरिरहेका छन् ।

ADVERTISEMENT

हेटौंडा–५ की ४१ बर्षीय बिष्णुकुमारी राई घर खर्च चलाउन सधैं श्रीमानको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउँछिन् । काष्ठकलाको माध्यमबाट मासिक १५ देखि २५ हजार सम्म कमाउन थालेपछि घर खर्च र बचतका लागि अरुको भर पर्नुपर्ने बाध्यता हटेको उनको भनाई छ ।

‘हामी आफैं कमाउँछौं, लाउन खान मन लागेको खर्चदेखि सहकारी, टोल विकास संस्थामा बचत राख्न सक्ने भएका छौ’ं, उनले भनिन् । तालिम लिएर काम गर्न थालेपछि दैनिकी नै परिर्वतन भएको हेटौंडा ५ की ३३ बर्षीया राधिका श्रेष्ठको अनुभव छ । साना बाबुनानीको लागि खाजा खर्चको जोहो गर्न र पकेट खर्च समेत यही काष्ठकलाको माध्यमबाट सम्भव भएको उनको भनाई छ । घरको सबै काम भ्याएर बाँकी बसेको समय तालिममा सिकेको सीपलाई उपयोग गर्दै काष्ठकलाको माध्यमबाट विभिन्न सामग्री बनाएर बिक्री वितरण गर्दा राम्रो आम्दानी गर्न सफल भएको हेटौंडा–५ की ४० बर्षीया सम्झना कोइरालाको अनुभव छ ।

ADVERTISEMENT

काष्ठकला मार्फत उनीहरुले दराज, मन्दिर र ऐनाको काठको फ्रेम, घण्टी फ्रेम, मायाको चिनो, नेपालको नक्सा, किरिङ लगायतकाको सामग्रीहरु उत्पादन गरिरहेका छन । यहाँ दुईसय रुपैयाँदेखि ४० हजार रुपैयाँ सम्मको काठका सामग्री उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन गरिएका सामग्रीहरु हेटौंडा, काठमाडौं एवम् छिमेकी मुलुक भारत समेत निर्यात हुने गरेको छ । अस्मिता नेपालले २०७२ सालको भदौमा सञ्चालन गरेको काष्ठकलाको तालिम लिएपछि यहाँका महिलाहरुको दैनिकीमा अहिले परिर्वतन आएको हो । उनीहरुले पहिलो चरणमा अस्मिता नेपालले सञ्चालन गरेको ६ महिने तालिम लिएका थिए । त्यसपश्चात पुनः ३ महिने एड्भान्स तालिम लिएर हेटौंडा–५ मा रहेको पिप्लेपोखरा सामुदायिक वनको भवनमै उनीहरुले हस्तकलाको काम सुरु गरेका थिए ।

२०७४ सालमा श्रमजिवी महिला काष्ठ उद्योग दर्ता गरेर यहाँका महिलाहरुले काष्ठकलाको उत्पादन गर्दै आएका हुन । उनीहरुलाई तालिमदेखि काष्ठकलाका लागि आवश्यक पर्ने सामग्रीहरु काठ, बुट्टा खोप्ने, जिक्सा, ड्रिल मेसिन सहितका सम्पूर्ण उपकरणका लागि अस्मिता नेपालले सहयोग गरेको थियो । सुरुवाती समयमा उत्पादन भएका सामग्रीहरुको बजारिकरण गर्न समस्या भएपछि यहाँका महिलाहरुका लागि संस्थाले बजार व्यवस्थापन सम्बन्धि तालिम पनि प्रदान गरेको थियो । अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले तालिम दिने मात्रै नभई महिलाहरुलाई उद्योगी बनाउने गरेको बताइन् । उनले महिलाहरुको आर्थिक सशक्तिकरण गर्न संस्थाले काम गर्दै आएको जानकारी दिइन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya