हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को आयोजना तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको व्यवस्थापनमा भएको उद्यमशिलता प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिका ५ नम्वर वडा प्रथम भएको छ । यसैगरी वडा नम्बर–४ द्वितिय र वडा नम्बर ६ तृतिय हुन सफल भएको छ ।
प्रदर्शनीमा वडा नम्बर २ र १९ सान्त्वना हुन सफल भए । प्रर्दशनीम प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने वडाहरूलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५/५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा उद्यमशिलता प्रदर्शनीमा हेटौंडाका महिलाहरुले उत्पादन गरेका १९ वटा स्टलमा सामाग्रीहरु राखिएको थियो । त्यसैगरी हेटौंडाका १७ वडाको सहभागिता जनाएको अन्तर वडा स्तरीय नृत्य प्रतियोगितामा वडा नम्बर १८ प्रथम, वडा नम्बर १० द्वितिय, वडा नम्बर २ तृतिय हुन सफल भए । यसैगरी वडा नम्बर ११ र ५ सान्वना भएका थिए ।

नृत्य प्रतियोगितामा विजयी भएका वडालाई क्रमशः नगद पुरस्कार ५० हजार, ३५ हजार, २० हजार र १०/१० हजार प्रदान गरीएको नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले जानकारी दिए । कार्यक्रममा गायक एवम् संगितकार आशाकाजी श्रेष्ठलाई नगद २५ हजार रुपैयाँले सम्मान गरेको थियो । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुबप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले कार्यक्रम उद्घाटन गरेका थिए ।
बागमती प्रदेशसभाका सदस्य तथा पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा, उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईं, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरू लगायत मकवानपुर जिल्लामा रहेका विभिन्न संघ संस्थाहरूको प्रमुख एवम प्रतिनिधिहरूको उपस्थिती रहेको थियो । कार्यक्रममा लोक गायक बद्री पंगेनी र नायिका तथा मोडल ऋचा थापा लगायतका कलाकारहरूको विशेष प्रस्तुती रहेको
थियो ।






