प्रतिभा आधारभूत विद्यालयको अध्यक्षमा प्रधान

हेटौँडा, हेटौँडा–१२ मा रहेको प्रतिभा आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा रविन प्रधान चयन भएका छन् । शनिबार भएको विद्यालयको २९ औँ अभिभावक भेलाले रविन प्रधानको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको हो ।

ADVERTISEMENT

समितिको सदस्यमा कन्चन बल, विजय हिम्डुङ, सुनिता तितुङ, लक्ष्मी मोक्तान र विजय मोक्तान चयन भएका थिए । विद्यालयले शिक्षक प्रतिनिधि सविना लामा र वडा प्रतिनिधिको रुपमा वडा सदस्य गीता परियारलाई सिफारिस गरेको थियो ।विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तेजबहादुर थिङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमध्येबाट सर्वसम्मत रविन प्रधानलाई अध्यक्ष चयन गरेको विद्यालयका प्रधानाध्यापक कमल लामाले जानकारी दिए । ८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा १ सय ९६ विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रममा युवा संघ हेटौँडा नगर अध्यक्ष राजेश नगरकोटी, नेकपा माओवादी हेटौँडा १२ का इन्चार्ज भुवन खनाल, वडा प्रतिनिधि महेश भट्टराईलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *