अमर विद्यालयका विद्यार्थीद्वारा शैक्षिक प्रदर्शनीसँगै खाना महोत्सव

हेटौंडा, हेटौंडा १ मा रहेको अमर माध्यमिक विद्यालयमा विद्यार्थीहरुले शैक्षिक प्रदर्शनीसँगै खाना महोत्सवको आयोजना गरेका छन् ।विद्यार्थीहरुको प्रयोगात्मक सीप विकास गर्न र विद्यार्थीहरुले निर्माण गरेको शैक्षिक सामग्रीहरु प्रदर्शनी गर्नुको साथै खाना महोत्सवको आयोजना गरेको विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीले बताइन् ।

ADVERTISEMENT

कक्षा ७, ८ र ९ का विद्यार्थीले निर्माण गरेका गणित, सामाजिक र आफ्नो रुची अनुसारको शैक्षिक सामग्रीहरु विद्यालयको प्राङ्गणमा प्रदर्शनी गरेको थियो भने विद्यार्थीहरुले नै बनाएको चप, पकौडा, सेल, तरकारीलगायतका परिकारहरु खाना महोत्सवमा राखिएको थियो ।

शैक्षिक सामग्री प्रदर्शनीमा ७ वटा र खाना महोत्सवमा ५ वटा स्टल विद्यार्थीहरुले राखेका थिए । ‘विद्यालयले पहिलो पटक शैक्षिक सामग्री प्रदर्शनी तथा खाना महोत्सव आयोजना गरेको हो । यो कार्यक्रम निकै प्रभावकारी भएको छ ।’ प्रधानाध्यापक उप्रेतीले भनिन् –‘विद्यार्थीलाई अवसर मात्र दिएमा उनीहरुले जस्तो सुकै कार्य गर्न सकिन्छ भन्ने कुरा प्रमाणित भएको छ’ ।

शैक्षिक सामग्रीको लागि चाहिने खर्च विद्यालयले जुटाइदिएको थियो । कार्यक्रममा शिक्षा विकास महाशाखा प्रमुख रमेश विडारी, राजमणि शर्मा, विद्यालयका कक्षा इसिडी देखी १० सम्मका विद्यार्थी, अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधिलगायतले शैक्षिक प्रदर्शनी तथा खाना महोत्सवको अवलोकन गरेका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *