हेटौंडा, मकवानपुर प्रहरीले लाुगऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । आइतबार हेटौँडा–१९, नेवारपानीस्थित ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–१ का ४२ वर्षका सुरेश दास थारु र पर्साकै पर्सागढी नगरपालिका २ का २९ वर्षका अर्जुन महतो थारु रहेका छन् ।
नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको लु १ ख ७३९५ नम्बरको बसलाई चेकिङको क्रममा उनीहरु गाँजासहित पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय नेवारपानीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ मा चेकिङको क्रममा ११ किलो गाँजासहित २ जनालाई पक्रेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शंकाको आधारमा उनीहरुको झोला खानतलासी गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।







