अपाङ्गता भएका बिद्यार्थीलाई थाहा नगरको छात्रबृत्ति

थाहा, थाहा नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका ४५ जना बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको छ । नगरपालिकाको लक्षित बर्गको बजेट अन्तरगत बिहीबार एक कार्यक्रमका बिच बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीका साथ प्रति बिद्यार्थी नगद ३ हजारका दरले छात्रवृत्ति वितरण गरिएको हो ।

ADVERTISEMENT

थाहा नगरपालिका सामाजिक बिकास समितिको निर्णय अनुसार महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण शाखाले नगरका १३ वटा विद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको शाखा प्रमुख प्रतिमा मोक्तानले बताए।

थाहा ३ को बिकास घरमा आयोजित एक समारोह बीच झोला र कापी, कलम लगायत शैक्षिक सामग्री सहित नगद वितरण गरिएको थाहा नगरपालिका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछानेले बताए ।

ADVERTISEMENT

थाहा नगरपालिका सामाजिक विकास समिति सदस्य जनक बिकको सभापतित्वमा भएको छात्रबृत्ति बितरण कार्यक्रममा वडा नं। ४ का अध्यक्ष नारायण लामा, वडा नं। ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने, थाहा नगर रोजगार संयोजक कुमार नेगी, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्र्की, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनाल, दामन चेली समाजकी अध्यक्ष राधिका रायमाझी, लगायत सम्बन्धित विद्यालयका शिक्षक, विद्यार्र्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya