हेटौंडा अस्पतालमा स्वस्थ्यमन्त्री बस्नेतको छड्के अनुगमन

हेटौंडा, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विहीबार हेटौंडा अस्पतालको छड्के अनुगमन गरेका छन् । बिहीबार हेटौंडा आएका मन्त्री बस्नेतले आकस्मिक रूपमा अस्पतालको अनुगमन गरेका हुन् ।

ADVERTISEMENT

मन्त्री बस्नेतसहित प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशी, स्वास्थ्य मन्त्रालयका सचिव बद्री खड्का लगायतले अस्पतालको अनुगमन गरेका थिए ।मन्त्री बस्नेतले अस्पतालको आकस्मिक कक्ष, टिकट काउण्टर, बहिरंग (ओपीडी) सेवा कक्ष, फार्मेसी, प्रयोगशाला, प्रसूति कक्ष लगायतको स्थलगत अनुगमन गरेका थिए ।

मन्त्री बस्नेतले अनुगमनका क्रममा सेवाग्राहीहरूको गुनासो समेत सुनेका थिए । उनले अस्पतालको आकस्मिक कक्षमा रहेका बिरामीहरूको गुनासो सुन्दै उपचार तथा सेवा प्रवाहमा कुनैपनि कमीकमजोरी नहुने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै मन्त्री बस्नेतले अस्पतालको ओपिडी, टिकट काउण्टर, फार्मेसी तथा प्रयोगशालामा रहेको भिड नियन्त्रणका लागि आवश्यक व्यवस्थापकीय कामहरू सम्पन्न गर्न हेटौंडा अस्पतालका मेडिकल सुपेरिटेण्डेनट डा. रामचन्द्र सापकोटालाई निर्देशन समेत दिएका थिए ।

अस्पतालको ओपिडी, आकस्मिक कक्ष तथा प्रसूति कक्षको सरसफाइमा विशेष ध्यान दिन सापकोटालाई निर्देशन दिए । उनले स्वास्थ्य बीमामा देखा परेका समस्या र औषधी नपाउने गुनासोलाई तत्काल समाधान गरेर अघि बढ्न पनि निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya