आश्रमको वार्षिक प्रतिवेदन सार्वजनिक, प्रधानमन्त्रीले भवन उद्घाटन गर्ने

हेटौंडा, हेटौंडा उपमहानगरपालिका–९, स्थित मानव सेवा आश्रमको सामाजिक परिक्षण एवम् वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ । आश्रमको मुख्य कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरेर गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको हो ।

ADVERTISEMENT

प्रगति प्रतिवेदनको अनुसार २ करोड ९२ लाख ४७ हजार ४३ रुपैयाँ कुल आम्दानी भएकोमा ३ करोड ७१ लाख ९१ हजार ७ सय ९७ रुपैयाँ कुल खर्च भएको व्यहोरा प्रतिवेदनमा उल्लेख छ । आश्रममा २ करोड, ४७ लाख, ५६ हजार १ सय ५० रुपैयाँ दान तथा चन्दा उपलब्ध भएको आश्रमको प्रतिवेदनमा उल्लेख छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सहयोगापेक्षीको आश्रय र सेवाका क्षेत्रमा काम गर्दै आएको मानव सेवा आश्रमले हेटौँडा–९
लामसुरेधापमा आÇनै भवन निर्माण गरेको छ ।

करिब १४ करोड लागतमा निर्मित उक्त भवनको यही मङ्सिर ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको आश्रमले जनाएको छ । कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले प्रधानमन्त्री प्रचण्डसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत लगायतको उपस्थितिमा भवन उद्घाटन गरिने जानकारी दिए । आश्रमले गत आर्थिक वर्ष २०७९/०८० मा मुख्य कार्यालयको भवन निमार्ण सम्पन्न गरेको, आवश्यक्ताका आधारमा छुट्टाछुट्टै भवनमा बालगृह सञ्चालन गरिएको, ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र निर्माणको कार्य सुरु गरिएको, बगैँचाको निर्माणका कामहरु सम्पन्न भएको अध्यक्ष अधिकारीले बताए ।

आश्रमले हालसम्म १ हजार ५ सय ८१ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्वार गरेको जनाएको छ । त्यस्तै ८ सय ३६ पारिवारिक पुर्नमिलन, १ सय ८४ शरीर शान्त, ५१ सामुदायिक पुर्नमिलन र ३४ जनाको पुनःउद्वार गरिएको बताइएको छ । ४ सय २० जनाले स्वेच्छाले आश्रम छोडेर गएको विवरण प्रतिवेदनमा उल्लेख छ । आर्थिक बर्ष २०७९/८० मा २४ महिला र ३१ पुरुष गरी ५५ जना सडकआश्रित मानवहरुको उद्वार गरिएको छ । सोही आर्थिक वर्षमा १८ जनाले स्वेच्छाले आश्रम छाडेर गएका छन् भने २३ जनाको पारिवारिक पुर्नमिलन र ४ जना समुदायमा पुर्नस्थापना भएका छन् ।

गत आर्थिक बर्षमा मानवता प्रर्वद्धनका लागि नेपथ्य लाईभ कन्सर्ट, आमा सेमिनार , नियमित उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन र संस्थागत सहकार्य जस्ता कार्यक्रमहरु भएको अधिकारीले जानकारी दिए ।आश्रममा २ करोड ४७ लाख ५६ हजार १ सय ५० रुपैँया दान तथा चन्दा उपलब्ध भएको आश्रमको प्रतिवेदनमा उल्लेख छ ।

२ करोड ९२ लाख ४७ हजार ४३ रुपैंया कुल आम्दानी भएकोमा ३ करोड ७१ लाख ९१ हजार ७ सय ९७ रुपैंया कुल खर्च भएको व्यहोरा प्रतिवेदनमा उल्लेख छ । त्यस्तै भौतिक संरचना निर्माणका लागि १ करोड १७ लाख ७३ हजार ५ सय ७० रुपैंया
सरकारी निकाय बाट सहयोग भएको छ भने जनस्तरबाट ११ करोड ९१ लाख २६ हजार ९ सय ५९ रुपैयाँ संकलन भएको जनाइएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईँ,प्रहरी उपरीक्षक सीताराम रिजाल, शसत्र प्रहरी उपरीक्षक अनिल कार्की, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख चन्दा व्यञ्जनकार, सामाजिक महाशाखा प्रमुख अमृत अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *