उपाध्यक्ष राईसहित आधा दर्जन जिल्ला सदस्य एमालेमा फर्किए

हेटौँडा, नेकपा एकीकृत (समाजवादी) का मकवानपुर जिल्ला उपाध्यक्ष कृष्ण राईसहित आधा दर्जन जिल्ला कमिटी सदस्य नेकपा एमालेमा फर्किएका छन् । आज नेकपा एमाले, जिल्ला कार्यालयमा भएको एक कार्यक्रमबीच उनीहरू पुरानो घर एमालेमा पार्टी सदस्य नवीकरण गर्दै फर्किएका हुन् ।

ADVERTISEMENT

एमालेमा फर्किनेमा जिल्ला उपाध्यक्ष राईसहित सचिवालय सदस्यहरू प्रेम भोम्जन, लोकनाथ चौलागाई, रोमनाथ रेग्मी, अर्जुन पोखरेल र जिल्ला सदस्य प्रेम पाख्रिन९राजेश० रहेको नेकपा एमाले जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए । कार्यक्रममा नेता राईले कम्युनिष्ट आन्दोलनमा एमालेको विभाजन कल्पना नगरेको कुरा भएको र एकीकृत समाजवादीको न भूत न भविष्य भएको पार्टी बताए ।

उनले कम्युनिष्ट आन्दोलनको मूलधार नेकपा एमाले भएकोले सबै चुनौतीको सामना गरेर कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने जिम्मा पनि एमालेको भएको बताए । कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य पुरूषोत्तम पौडेल, केन्द्रीय सदस्य रामेश्वर राना, पार्टी नेता केदार न्यौपानेसहितका नेताहरूले उनीहरूलाई गरेका छन् । जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय निर्वाचन विभाग सदस्य अनन्त पौडेल, प्रदेश कमिटीका सदस्यहरू बलराम बल, श्रीधर पोखरेल, कमल बिष्ट, देवराज रिमाल, अर्जुन अर्याल, जिल्ला सचिव नवीन सिग्देल, जिल्ला उपसचिव सीता विष्ट, जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव राजन थापा, ईन्द्र सरोवर गाउँपालिका निर्वाचित अध्यक्ष डिके पुडासैनीसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya