हेटौंडा, साहित्य सङ्गम मकवानपुर अक्षयकोष निर्माणमा ५ हजार रुपैयाँ र सो भन्दा बढी सहयोग गर्ने महानुभावहरुलाई सम्मान गर्ने भएको छ ।
पुस १४ गते साहित्य सङ्गम मकवानपुरको ३३८ औँ नियमित साहित्य सन्ध्यामा अक्षयकोषमा सहयोग गर्ने ६४ जना महानुभावलाई सम्मान गर्न लागिएको साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिवि बर्तौलाले जानकारी दिए । साहित्य सङ्गम मकवानपुरको नयाँ कार्यसमिति चयन भएपछि अक्षय कोष निर्माण गरेको हो ।
साहित्य सङ्गम मकवानपुरको अक्षय कोषमा ४ लाख ५ हजार ५ सय ७६ रुपैयाँ सङ्कलन भइसकेको छ । सड्ढलित रकमलाई अक्षयकोषमा जम्मा गराई सोबाट प्राप्त व्याजमार्फत् संस्थाको साहित्य सन्ध्या, पुस्तक विमर्श, रचना वाचन जस्ता नियमित गर्ने कार्यक्रम तथा आन्तरिक खर्च व्यवस्थापनमा सघाउ पुग्ने र यसबाट साहित्यिक उन्नयनमा सहयोग पुग्ने अध्यक्ष बर्तौलाले बताए ।







