रूखले सवारी साधन किच्दा तीन जनाको मृत्यु

चितवन , शुक्रबार साँझ आएको हावाहुरीले रूख ढलेर सवारी साधन किच्दा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साँझ सात बजे आएको हावाहुरीका कारण भरतपुर महानगर– ११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूखले किचेको थियो ।

ADVERTISEMENT

अटो च्यापिँदा चालक भरतपुर ११ लामाटोल बस्ने अन्दाजी ५० वर्षका प्रदीपकुमार लामा र अटोमा सवार नामथर नखुलेकी महिलाको घटनास्थलमै मृत्यु भएको छ । अटोमा सवार अरू दुई जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

हावाहुरीका कारण ढलेको रूखले भरतपुर–११ बसेनी चोकमा विशाल चोकबाट बसेनीतर्फ आउँदै गरेको ना १ ज ६१४० नं. को म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर–११ बस्ने बर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya