कैलाशमा हेटौंडा जेसीजको बृहत स्वास्थ्य शिविर

हेटौँडा, मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिमा हेटौंडा जेसीजको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । कैलाश वडा नम्वर– ३ कटुन्जेमा हेटौंडा जेसीजको आयोजना तथा कैलाश गाउँपालिका,नेपाल परिवार नियोजन संघ मकवानपुर,हेटौँडा सामुदायिक आखाँ अस्पताल, निको अस्पताल र पुजा डेन्टलको सहकार्यमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

ADVERTISEMENT

कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख अतिथ्यता र हेटौंडा जेसीजका अध्यक्ष श्रवण कुमार बर्तौलाको अध्यक्षतामा भएको बृहत स्वास्थ्य शिविरमा १७६ जना स्थानीयको आँखा परीक्षण गरिएको थियो भने १६ जनामा मोतिविन्दुको समस्या देखिएकोले थियो । शिविरमा ७६ जना पाठेघरको भिआइए इस्क्रिनको सेवा लिएका मध्ये ६५ जनालाई पाठेघरको मुखमा यौनजन्य समस्या देखिएको र २ जनालाई थप उपचारको लागि सम्बन्धित अस्पतालमा रिफर गरिएको ,त्यसैगरी एक जनाको पिसाब थैली झरेको फेला परको थियो भने ५९ जनाले दन्त परीक्षण गराएको जसमा ७ जनाको दाँत निकालिएको हेटौंडा जेसीजका कार्यकारिणी उपाध्यक्ष अमृत वर्तौलाले बताए ।

शिविर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी अध्यक्ष मुक्तानले यस्ता खाले शिविर दूरदराजमा रहेका जनताको स्वास्थ्य सेवामा ठूलो टेवा पुग्ने बताए । शिविरमा कैलाश गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल जेसीजका अरुण कुमार दाहाल, कविन सांगामी कृष्णबहादुर कार्की, बसन्त कप्रौला, एसिस रिजाल, विवेक आनन्द न्यौपाने, मकवानपुर क्याम्पस स्ववियु सभापति छाइसाङ लामा, सिनियर अनमी आशा कुमारी गुरुङ स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *