हाँडीखोलामा कोल्ड स्टोर निर्माणको शीलान्यास

हेटौंडा, मनहरी गाउँपालिका वडा नं ३ हाँडीखोलामा कोल्ड स्टोर निर्माणको शीलान्यास भएको छ । मनहरी गाउँपालिकाको आन्तरीक श्रोत बाट निर्माण हुन लागेको कोल्ड स्टोरको शीलान्यास भएको हो । आइतबार गाउँपालिका अध्यक्ष रन्जन कालाखेती सहित उपाध्यक्ष सीता पुलामी मगर तथा विभिन्न वडाका वडाअध्यक्ष र स्थानीयको उपस्थितीमा शीलान्यास गरीएको हो ।

ADVERTISEMENT

शीलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले साविक हाँडीखोलाबासीका लागि गौरवको आयोजनाका रुपमा यस कोल्ड स्टोर निर्माणको योजना अघि सारीएको बताए । निर्वाचनमा आफुले पहिलो एजेण्डाको रुपमा अघि सारेको कोल्ड स्टोर निर्माण कार्य विभिन्न बाधा अवरोधकाबीच शीलान्यास गर्न पाएकोमा खुशी लागेको उनले बताए ।

यता उपाध्यक्ष सीता पुलामी मगरले कोल्ड स्टोर निर्माण पस्चात हाँडीखोलाका तरकारी उत्पादक किसानलाई ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरिन् । किसानले दुःख गरेर उब्जाएको तरकारी बिचौलीयाका कारण उचीत मुल्य पाउन नसकेको अवस्थामा कोल्ड स्टोर निर्माण पस्चात कृषकहरुलाई सहज वातावरण हुने उनले बताइन् ।

यस्ते वडा नं ३ का वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले उक्त निर्माण कार्यलाई समयमै सम्पन्न गर्न आफुले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । साविक हाँडिखोला गाविसको मध्य भागमा रहेको उक्त स्थानमा कोल्ड स्टोर निर्माण पस्चात सबै वडाका कृषकहरुलाई समेट्न सकिने उनको भनाई छ ।

शीलान्यास कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष शीव प्रसाद खनाल, ५ का वडाअध्यक्ष दीपेन्द्र अधिकारी, ९ का वडाअध्यक्ष राजकुमार श्रेष्ठ , गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई लगायतको उपश्थिती रहेको थियो । करिब ४ सय मेट्रिक टन क्षमता रहेको उक्त कोल्ड स्टोर ६ करोँड २८ लाख ४५ हजारमा निर्माणको ठेक्का साकार गरेको हिमालयन नमोवुद्ध निर्माण सेवा कम्पनीले २४ महिनाभीत्र सम्पन्न गर्ने प्रतिवद्धता सहित सम्झौता गरेको छ । कोल्ड स्टोर निर्माणका लागि स्थानीय गणेश कुमारी उप्रेतीले १० धुर जग्गा सहयोग गरेका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *