वंशगोपाल माविका उत्कृट विद्यार्थी पुरस्कृत

हेटौंडा, हेटौैंडा–६ चौघडामा रहेको वंशगोपाल माविबाट २०७९ सालको एसइई परीक्षमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । आईतवार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीलाई पुरस्कृत गरेको हो । जिपीए ए प्लस ल्याउने विद्यार्थीलाई नगद १० हजार र ए ल्याउनेलाई ५ हजार सहित पुरस्कृत गरिएको हो ।

ADVERTISEMENT

परीक्षामा सहभागी ६५ जना विद्यार्थीमध्ये ए प्लस ल्याउने ५ जना, ए ल्याउने ८ जना, बी प्लस ल्याउने १२ जना, बी ल्याउने १५ जना, सी ल्याउने १६ जना र सी प्लस ल्याउने ९ जना रहेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य रमेशप्रसाद लामिछानेले सबैको प्रयासबाट राम्रो नतिजा आएको धारणा राखे ।

कार्यक्रममा हेटौंडा ६ नम्बर वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सरिता सापकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश कार्की लगायतको आतिथ्यता थियो । विद्यालयले ईतिहासमै राम्रो नजिता ल्याउन सफल भएको खुशीयालीमा चौघडा, रक्षादेवी टोल, पुतली बजार परिक्रमा समेत गरिएको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya