हेटौंडा, कोशी प्रदेश ट्रफी राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगितामा मकवानपुरका रामनरेश गिरीको उत्कृष्ट ब्याटिङको खेल प्रदर्शनीले बागमती प्रदेश विजयी भएको छ । मंगलबार भएको गण्डकी प्रदेशसँगको खेलमा बागमती प्रदेश ४ विकेटले विजयी भएको हो ।
शुरुमा ब्याटिङ गर्न मैदान उत्रेको गण्डकीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १५० रन बनायो । गण्डकीका दिनेश बुढामगरले ६२ रन र अभिशेख थापाले २२ रन बनाए । १५१ रनको लक्ष्य पाएको बागमतीले १९ दशमलव २ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य भेटायो ।
बागमती प्रदेशलाई विजयी गराउन मकवानपुरका गिरी नायक साबित बने । उनले २७ बलको सामना गर्दै अर्ध सतक बनाउन सफल भए । सात वटा प्रदेशसंगै ३ वटा विभागीय टोलीबिच प्रतिस्पर्धा हुने प्रतियोगिताका विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्ने छ ।







