हेटौंडा, बागमती प्रदेश सरकारले विपद् जोखि न्यूनिकरणका लागि पूर्व तयारी कार्ययोजना निर्माण गरेको छ । प्रदेश सरकारले मनसुन सुरु भए लगतै विपद् पूर्व तयारी कार्यायोजना निर्माण गरेको हो । मनसुनका कारण विभिन्न जिल्लाहरु बाढी पहिरोको जोखिममा रहेकाले त्यस क्षेत्रमा विद् जोखिम न्यूनिकरणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पूर्व तयारी कार्ययोजना निर्माण कार्यानवयन गर्ने चरणमा पुगेको हो । आन्तरिक मामिला तथा कानून मन्त्री गंगानाराण श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना
पारितसमेत गरेको छ ।
केही दिनदेखि सुरु भएको मनसुनमा कारण प्रदेशका केही जिल्लाहरुमा बाढि पहिरोको जोखिम बढ्नुका सार्थ क्षतिसमेत पु¥याउन थालेकाले पूर्व तयारी कार्ययोजना निर्माण गरी कार्यानवयन गर्ने चरणमा पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले बताए । कार्यकारी समितिको बैठकले आवश्यक छलफल तथा अध्ययन अनुसन्धान गरेर प्रदेशमा मनसुनको कारणले हुन सक्ने धनजनको क्षतिलाई न्यूनिकरण गर्न अपनाउन पर्ने सावधानी, पूर्वतयारी र उद्दार सम्वन्धि प्रतिकार्यको योजना निर्माण गरेको उनले बताए । बैठकमा विषयगत मन्त्रालयहरुका सचिव, सुरक्षा निकायका प्रमुखहरु र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा पूर्वतयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्री श्रेष्ठको निर्देशन समेत दिएका थिए ।
बैठकले बिभिन्न विषयगत क्षेत्रमा कार्य गर्ने गरी प्रदेश सरकारका विषयगत मन्त्रालयहरु र गैरसरकारी संघसंस्थाहरुका लागि विषयगत क्षेत्र तय गरिएको छ भने मन्त्रालयमार्फत् कार्य जिम्मेवारीसमेत तोकेको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले विभिन्न सरोकारवाला निकायहरुसंग निरन्तर समन्वय गरी प्रतिकार्यका लागि चाहिने सामाग्री साथै राहत सामग्रीहरुको प्रवन्ध गर्ने, भण्डारण गर्ने र वितरण गर्ने काम गर्नेछ।
त्यस्तै प्रदेश विपद् कोष संचालन समितिले प्रदेश विपद् व्यवस्थापन परिषद् र कार्यकारी समितिबाट निर्देशन भए बमोजिम आवश्यक रकम कोषबाट खर्च गर्नेछ । त्यस्तै प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन परिषद्ले प्रदेशमा विपद्संग सम्बन्धित पूर्वतयारीदेखि पुनःर्लाभसम्मका कार्यका लागि प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिलाइ निर्देशन दिनेछ ।







