हेटौंडा, हेटौंडा २ मा रहेको बाल जागृती इङलिस सेकेन्डरी स्कुलमा विहीबार युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरि दाहालको प्रमुख आतिथ्यमा तथा बाल जागृती इङलिस सेकेन्डरी स्कुलका प्रीन्सिपल बिनोद सुबेदीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
भेलाले मनिक तिमल्सिनाको अध्यक्षमा ११ सदस्यीय बालजागृती युवा रेडक्रस सर्कल गठन गरेको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला युनियर युवा समितीका सदस्य हिक्मत श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाका सचिब मोहनचन्द्र चौलागाईं, शिक्षक नायक सरु अधिकारी, शिक्षक निर्मला अर्यालले मन्तब्य ब्यक्त गरेका थिए ।
भेलामा रेडक्रस मकवानपुरका उपमन्त्री दाहालले बिश्व रेडक्रस र नेपाल रेडक्रस अभियान, जुनियरर युवा रेडक्रसको आबस्यकता र महत्व लगायतका बारेमा बिद्यार्थीहरुलाइ प्रशिक्षण दिएका थिए ।







