रक्त क्यान्सरबाट पीडित १८ बर्षिय युवाको उपचारको लागि सहयोगको अपिल

हेटौंडा, १ साउन/रक्त क्यान्सरबाट पीडित मकवानपुरगढी गाउँपालिका वडा नं. ४ का १८ बर्षिय दिरुसम स्याङ्तानको उपचारको लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था कमजोर रहेका स्याङतानको बिगत १ महिना देखि भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।

ADVERTISEMENT

सामान्य रोजगारीको शिलशिलामा बीरगञ्जका कार्यरत बिरामीका पिता दिनेश कुमार स्याङ्तानले छोराको उपचारमा ३० देखि ३५ लाख सम्म लाग्ने अस्पताल प्रशासनले बताएको र उक्त रकम आफुले ब्यवस्था गर्न नसक्ने भएपछि सहयोगकालागि सम्पूर्ण आफन्त लगायत सहयोगी मनहरुलाई अनुरोध गरे।

हुर्केको छोरालाई रक्त क्यान्सर भएर उपचारमा लाग्नुपर्दा भएको रकमहरु पनि सकिएकोले छोराको उपचारको लागि सहयोग गरिदिन बिरामीको आमा रुपा स्याङतानले सबैलाई अनुरोध गरिन् । स्याङतानलाई सहयोग गर्न चाहनुहुने संघसंस्था तथा महानुभाबहरुले दिनेश कुमार स्याङ्तानको सिद्धार्थ बैंकमा रहेका खाता नं। ००२१७५६९३५० मा रकम जम्मा गरिदिनुहुन र थप जानकारी लिन परे बिरामीको बाबुको मोबाइल नम्बर ९८४५७७७३९१ मा ह्वाट्सअप गर्न स्थानीय नवराज पख्रिनले अनुरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *