दिनदिनै बढाउदैछ, महगी बजारले
तर यो आवाज,उठाउदैन अखबारले

बिराटनगर -६, रामपुर
समस्या सुन्ला भनेर सतामा पुरयाएपनि
मल, बिउ समयमै,दिलाउदैन बालुवाटारले
गरीबका लागि भन्दै हतियार उठाएपनि
आफ्नै महल, कार, जोडयो खुंखारले
दोषी निर्दोष दुबैतिर ठिक्क देखेपछि
नेतादेखि हारे म त ,भन्यो कलाकारले
युवाहरु सधै लाचार, मजबुर भएपछि
जिन्दगी लिलाम गर्छ, खाडी कतारले
कमिसन, घुसखोरी जति नै भएपनि
खै कहिले थुनेको छ र, नेता अख्तियारले







