रिमालको पहिलो कृति ‘कथा भन्छु नि ल!’

हेटौंडा मकवानपुरे शिक्षक तथा साहित्यकार सिएम रिमालको पहिलो कृति ‘कथा भन्छु नि ल!’ कथा सङ्ग्रह प्रकाशन भएको छ।

ADVERTISEMENT

तीन वटा कथा समावेश रहेको कथा सङ्ग्रहको खोजी प्रकाशन गृह प्रालिले प्रकाशन गरेको हो । बालबालिकाको मनोविज्ञानलाई मध्यनजर गर्दै कथा सङ्ग्रह प्रकाशित गरेको रिमाल बताउँछन् ।

‘बालबालिकालाई सानैदेखि हौसला र प्रोत्साहन गर्नुपर्दछ ।’ उनले भने –‘सिर्जनात्मक तथा सिर्जनशील बनाउनको लागि कथा सङ्ग्रहले महत्वपूर्ण भूमिका खेल्दछ ।’ कथा सङ्ग्रहमा अनुष्माको आँसु, कथा भन्छु नि ल! र उसलाई सधैँ राम्रो होस् भन्ने कथा वस्तु समावेश भएको छ ।

ADVERTISEMENT

पहिलो चरणमा उक्त कथा सङ्ग्रह १ हजार १ सय प्रति खोजी प्रकाशनले प्रकाशित गरेको रिमालले जानकारी दिए । साथै रिमालको ‘मानचित्रमा बालबालिका’ को दोस्रो पुस्तक काठमाडौं पब्लिकेशनले प्रकाशन गर्ने क्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *