आहा ! कति सुन्दर हरियाली
आहा ! कति सुन्दर हरियाली
सुन्दै मधुर कोकिल ध्वनि
रमाउँदै नाच्दै धानका बाला
खेल्दै छन् बयली

कोही अलि साना कोही अलि ठुला
बिस्तारै झुल्छन् धानका बाला
कोही अलि चाँडै कोही ढिला
धानका बाला हेर त साथी, नाचेका खेतमा
रमाउँदै नाच्दै गाउँदै हेर सिररिरे तालमा
शीतल पवन आनन्द लिँदै
सिरसिरे तालमा
आहा ! कति सुन्दर हरियाली
सुन्दै मधुर कोकिल ध्वनि
रमाउँदै छन् यी धानका बाली
झुमेर नाच्छन् खेतमा बयली
सहरबासी हे प्यारा मित्र
फर्केर आऊ न
धानका बाला झुले झैँ हेर
झुमेर नाच न
असारे भाका सुनेर
साथी
खुसीले नाचौँ न
पसिना हाम्रा माटामा मुछी
गर्वले बाचौँ न
साथी
हर्षले बाचौँ न
आरोही गौतम
कक्षा–६
हेटौँडा एकेडेमी







