दुई नम्बर वडाको अनुगमनलाई तीव्रता

हेटौंडा, हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासन अवलम्वन गर्दै बालमैत्री पालिका घोषणाको तयारीमा जुटेको छ । विद्यालय हाताको एकसय मिटर क्षेत्र भित्र सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाए सँगै हेटौंडा २ नम्बर वडा कार्यालयले अनुगमन कार्यलाई समेत तीव्रता दिएको छ ।

ADVERTISEMENT

सुर्तीजन्य तथा मदिराजन्य पदार्थको विक्रीवितरणमा रोक तथा बालश्रमको अवस्था बारेमा समेत अनुगमन गरिएको छ । वडाभित्र प्रायः व्यवसायीहरुले नियम पालना गरेको पाइएको जानकारी दिँदै २ नम्बर वडा सदस्य सुरज बर्तौलाले कतिपयले अटेरी गरी विक्रीवितरण गरेको भेटिएकोले २४ घण्टाभित्र बन्द गर्न चेतावनी समेत दिइएको बताए ।

वडाको बाल अधिकार समिति अन्तर्गतको अनुगमन समितिले नियमित अनुगमन र सचेत गराउँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *