बागमती प्रदेशका बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिन मन्त्रालय फुटाइने

हेटौंडा, बागमती प्रदेशका बिना विभागीय मन्त्रीको जिम्मेवारीको छिनोफानो साउन १८ गते हुने भएको छ । ११ मन्त्रालय रहेको प्रदेशमा एक मन्त्रालय थपेर आगामी बिहीबार बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिने सहमति सत्ता गठबन्धनका नेताहरुबीच भएको छ । जस अनुसार प्रदेशमा अब १२ वटा मन्त्रालय हुनेछन् ।

ADVERTISEMENT

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा भएको अनौपचारिक छलफलमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १८ गते बिहीबार जिम्मेवारी तोक्ने जनाएको स्रोत बताउँछ । सोही अनुसार मन्त्रालय विभाजनको तयारी गरिएको स्रोतको भनाइ छ ।

एक मन्त्रीका अनुसार साउन १८ गते बिना विभागीय मन्त्रीले जिम्मेवारी पाउने गरी तयारी भइरहेको छ । ‘बिना विभागीय मन्त्रीको व्यवस्थापन हुन नसक्दा समस्या हुँदै आएको थियो । सरकारमाथि पनि थुप्रै प्रश्न उठेका छन् । सो विषयमा मन्त्रिपरिषद् बैठकमा पनि अनौपचारिक छलफल भएको छ,’ ती मन्त्रीले भने, ‘बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिने गरी १८ गते छलफल गर्ने सत्ता गठबन्धनका दलहरुबीच सहमति बनेको छ ।’

विगत ७० दिनदेखि कांग्रेसबाट मन्त्री बनेका रामकृष्ण चित्रकारले मन्त्रालयको जिम्मेवारी पाउन सकेका छैनन् । चित्रकारलाई पछि विभाग तोकिनेगरी जेठ ७ मा मन्त्री नियुक्त गरिएको थियो ।

जिम्मेवारी नतोकिएकै कारण मन्त्री नियुक्त भएदेखि हालसम्म उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक कोठामा एक पीए ९स्वकीय सचिव०, एक अधिकृतस्तरका कर्मचारी ९निजी सचिव० र सुरक्षार्थ एक पीएसओ लिएर बस्दै आएका छन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *