जंगली जनावरको आक्रमणमा मृत्यु भएका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्छु : नेता बानियाँ

हेटौंडा , नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले जंगली जनावरको आक्रमणमा परि मृत्यु भएका परिवारको लागि प्रदेश सरकारबाट क्षतिपूर्तिको व्यवस्था गर्न आफुले पहल गर्ने बताएका छन् ।

ADVERTISEMENT

गएको माघ ८ गते हात्तीको आक्रमणमा परि निधन हुनुभएको मनहरी-४ तल्लो मसिनेकी राधादेवि अधिकारीको परिवारसँगको भेटमा उहाँले जनावरको आक्रमणमा परि मृत्युु भएका परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउन मुख्यमन्त्री शाालिकराम जमकट्टेललाई अनुरोध गरिसकेको बताए । उनले प्रदेश सरकारले निर्णय गरेर पीडित परिवारलाई कम्तिमा १ लाख रुपैयाँ राहत उपलब्ध गराउनुपर्ने बताए । साथै स्थानीय सरकारले समेत किरिया खर्चको व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

जंगली जनावरको आक्रमणबाट मृत्यु भएको परिवारलाई संघीय सरकारले उपलब्ध गराउने १० लाख रुपैंया राहत थोरै भएको उनको भनाई छ । प्रदेश सरकारले केही राहत रकम उपलब्ध गराएमा पीडित परिवारलाई सहज हुने उनले बताए ।
आरक्ष तथा निकुञ्ज क्षेत्र विस्तार हुँदै जाँदा जनावर र मानव द्वन्द बढ्दै गएको नेता बानियाँको भनाई छ । घाँस, दाउरा, खेतीपातीको काममा महिलाको संलग्नता बढि रहेको कारण जनावरको बढि जोखिममा महिलाहरू रहेको उनले बताए

नेता बानियाँले पर्सा राष्ट्रिय निकुञ्ज पदमपोखरी सेक्टर कार्यालय लामिटार पुगेर आक्रोशको बिचमा पनि संयमता अपनाएकोमा सेनालाई धन्यवाद दिएका थिए ।

पीडित परिवार भेट्न मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, नेपाली कांग्रेस मनहरि गाउँपालिकाका सभापति प्रकाश बर्तौला, कांग्रेस नेताहरु शंकर न्यौपाने, रमेश पुरी, मनहरी(८ का वडाध्यक्ष नारायण उप्रेती, मनहरी(३ का वडाध्यक्ष अनन्त अर्याल लगायतको उपस्थिति रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *