मकवानपुरमा थप ६ जना डेंगू संक्रमण पुष्टि

हेटौंडा, मकवानपुरमा थप ६ जनालाई डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जनामा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा जिल्लाको हेटौंडामा उपमहानगरपालिकाका ४ जना, मकवानपुरगढी र बकैया गाउँपालिकाका १र१ जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।

बिहीबार थपिएसँगै जिल्लामा हालसम्म डेंगू संक्रमणको कूल संख्या ५ हजार ८८० जना पुगेको छ । जसमा ३ हजार २१३ जना पुरुष र २ हजार ६६७ जना महिला रहेका छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *