‘मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द इअर २०८१’ मा १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

हेटौंडा, रिद्धिसिद्धि सिमेन्टले १५ जना विद्यार्थीलाई ‘मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द इअर २०८१’ को छात्रवृत्ति प्रदान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी रिद्धिसिद्धि सिमेन्टले २०८१ मा ३.५ जीपीएदेखि ४ जीपीएसम्म नतिजा ल्याएका विद्यार्थी मध्यबाट छनोट गरी १५ जनालाई छात्रवृत्रि प्रदान गरेको हो ।

ADVERTISEMENT

रिद्धिसिद्धिले तोकेको मापदण्ड पुरा गरी ‘मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द इअर २०८१’ मा नवोदय शिशु सदनका अदिस लम्सालले ८५.४८ नम्बर ल्याएर प्रथम, ज्ञानोदय बालबाटिका एकेडेमीका सुमिन मानन्धर ८३.०८ नम्बर ल्याएर दोस्रो र आधुनिक राष्ट्रिय सेकेण्डरी स्कुलका ललेन्द्र कु्मा शाह ८२.९१ नम्बर ल्याएर तेस्रो हुन सफल भएका छन् ।
रिद्धसिद्धिले असार २९ गते पिप्ले रंगशालामा ३ ओटा विधामा संचालित परिक्षाबाट १५ जना विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गरेको हो ।

रिद्धिसिद्धिले छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रूपमा पाँच हजार, दोस्रो हुनेलाई तीन हजार ५०० रुपैयाँ, तेस्रो हुनेलाई दुई हजार ५०० रुपैयाँ साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रूपमा एक हजार ५०० रुपैयाँ एक वर्षसम्म उपलब्ध गराउने र उक्त रकम सम्बन्धित विद्यार्थीको खातामा पठाउने व्यवस्थता गरेको जनाएको छ ।
सामाजिक उत्तरदायित्व बहन गर्दै आएको रिद्धिसिले गतवर्ष पनि ‘मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द एअर २०८० मार्फत ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *