हेटौंडा, हेटौंडा ४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई शुक्रबार स्वागत गरेको छ । कक्षा १२ का संकायले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो ।
कक्षा १२ का विद्यार्थी सुशिल ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुर्वादोर्जे लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यार्थीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
भुटनदेवी माध्यमिक विद्यालयमा कक्षा ११ मा १ सय ३० जना विद्यार्थीले भर्ना गरेका छन् । जसमा विज्ञान संकायमा २८ जना, वाणिज्य संकायमा ५५ जना र सिभिल इन्जिनियरिङमा ४७ जना रहेको विद्याललयले जनाएको छ । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक भरत पोखरेल, देवराज कोइरालालगायतको आतिथ्यता रहेको थियो ।







