गृहमन्त्रीको राजीनामा माग्दै तरुण दल मकवानपुरद्वारा प्रदर्शन

हेटौंडा, गृह मन्त्री नारायण काजी श्रेष्ठ ‘प्रकाश’ को राजीनामा माग गर्दै नेपाल तरुण दल मकवानपुरले हेटौंडामा प्रदर्शन गरेको छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादव माथिको सांघातिक हमलाको विरोध गर्दै विहीबार साँझ तरुण दल मकवानपुरले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै हेटौंडामा नारावाजी गर्दै जुलुस निकालेको हो ।

ADVERTISEMENT

नेपाली कांग्रेस मकवानपुरको हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट बुद्धचोकसम्म गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो । तरुण दलका युवाहरुले गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने र सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष यादव माथि भएको सांघातिक हमलाको निष्पक्ष छानविनसहित दोषीलाई हदैसम्मको कारबाही माग गरेका छन् ।

‘हाम्रो पार्टीका नेता रिर्पोटर्स क्लबबाट बाहिरिने क्रममा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको छ । खुकुरी प्रहार गर्नेले गृहमन्त्रीको आदेश भनिरहेका छन् । घटनामा संलग्नलाई हदैसम्मको कारबाहीको माग हामी गर्दछौं ।’, तरुण दल केन्द्रीय सदस्य राजेश भेटवालले यादवमाथि आक्रमण गर्ने गराउने, गराउन उक्साउने, पर्दा पछाडी बसेर निर्देशन दिने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरी दोषी उपर कडाभन्दा कडा कारवाहीको माग गरेका छन् ।

ADVERTISEMENT

उनले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई गृहमन्त्री श्रेष्ठले फसाएको आरोप लगाउँदै तरुण दल अब हातमा ‘दही’ जमाएर नबस्ने र सडक संघर्ष गर्ने चेतावनी दिए । कांग्रेस मकवानपुरका युवा नेता विकेशलाल श्रेष्ठले पछिल्लो समय कांग्रेसमाथि लगातार प्रहार भइरहेकोभन्दै तरुण र विद्यार्थी अब मौन बस्न नहुने बताए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya