कांग्रेस नेता महतले बुझाए कोइरालालाई ज्ञापन पत्र

हेटौंडा, नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले पार्टी वरिष्ठ नेता शेखर कोइरालालाई ज्ञापन पत्र बुझाएका छन् ।

ADVERTISEMENT

पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न जरुरी रहेको औंल्याउँदै युवा नेता महतले हेटौंडा–२ स्थित पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । ‘अहिले पार्टी एजेण्डाविहीन अवस्थामा रहेको देखिन्छ । जसको कारणले गर्दा नेताहरुको भनाइ बाझिएको छ । त्यसकारण अब एउटै दृष्टिकोण कांग्रेसभित्र आवश्यक छ ।’, ज्ञपान पत्रमा भनिएको छ ।

महतले पार्टीभित्र आफ्न्तबाद हावी भएको बताए । ‘अहिले पार्टीभित्र आफ्न्त र आसेपासेले मात्र अवसर पाइरहेका छन् । जुन गलत हो । अब योग्यता, क्षमता र लगानीको आधारमा अवसर दिनुपर्छ ।’, महतले भने ।

उनले पार्टीका भातृ तथा शुभेच्छुक संगठनलाई वैधानिकतारुपमा गठन गरी चलायमान गरी अगाडि बढाउन जरुरी रहेको औंल्याएक । ‘भातृ तथा शुभेच्छुक संगठनलाई वैधानिकतारुपमा गठन भएपछि संगठन निर्माण दरिलो रुपमा अगाडि बढ्नेछ ।’, ज्ञापनपत्रमा भनिएको छ,‘क्रियाशील वितरण प्रक्रियालाई परिवर्तन गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।’

वीपीको विचार पार्टीमा लागू गर्दै आगमी निर्वाचनमा गठबन्धन गर्न नहुने नेता महतको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya