कांग्रेस नेता महतले बुझाए कोइरालालाई ज्ञापन पत्र

हेटौंडा, नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले पार्टी वरिष्ठ नेता शेखर कोइरालालाई ज्ञापन पत्र बुझाएका छन् ।

पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न जरुरी रहेको औंल्याउँदै युवा नेता महतले हेटौंडा–२ स्थित पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । ‘अहिले पार्टी एजेण्डाविहीन अवस्थामा रहेको देखिन्छ । जसको कारणले गर्दा नेताहरुको भनाइ बाझिएको छ । त्यसकारण अब एउटै दृष्टिकोण कांग्रेसभित्र आवश्यक छ ।’, ज्ञपान पत्रमा भनिएको छ ।

महतले पार्टीभित्र आफ्न्तबाद हावी भएको बताए । ‘अहिले पार्टीभित्र आफ्न्त र आसेपासेले मात्र अवसर पाइरहेका छन् । जुन गलत हो । अब योग्यता, क्षमता र लगानीको आधारमा अवसर दिनुपर्छ ।’, महतले भने ।

उनले पार्टीका भातृ तथा शुभेच्छुक संगठनलाई वैधानिकतारुपमा गठन गरी चलायमान गरी अगाडि बढाउन जरुरी रहेको औंल्याएक । ‘भातृ तथा शुभेच्छुक संगठनलाई वैधानिकतारुपमा गठन भएपछि संगठन निर्माण दरिलो रुपमा अगाडि बढ्नेछ ।’, ज्ञापनपत्रमा भनिएको छ,‘क्रियाशील वितरण प्रक्रियालाई परिवर्तन गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।’

वीपीको विचार पार्टीमा लागू गर्दै आगमी निर्वाचनमा गठबन्धन गर्न नहुने नेता महतको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button