उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न

हेटौंडा, आज सोमबार उदाउँदो सूर्यलाई पूजाआजा सहित अर्घ दिएर यस बर्षको छठ पर्व सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजाआजा सहित अर्घ दिइएको थियो । छठ पूजा समारोह समितिको आयोजनामा हेटौंडामा पनि छठ पूजाको आयोजना भएको छ ।

ADVERTISEMENT

हेटौंडाको राप्तीतट सिंगारिएको थियो । छठ पूजा गर्न तथा अवलोकन गर्न सर्वसाधारणको घुइँचो लागेको थियो । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजाका लागि राखिएका उखु, केरा, नरिवल, सुठुनी, निम्बु, पान, सुपारी, सिन्दुर, बेसार, अदुवा, नरिवल, केराउ, भुसुवा, ठेकुवा, फलफूल, मिठाइलगायत सामग्रीका साथ अर्घ दिइएको छ । सम्पूर्ण प्राणीलाई विना भेदभाव समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तनमन लगाएर चार दिनसम्म गरिएको छ ।

सामग्रीलाई अर्घ दिएपछि रातभर नदी, पोखरी तथा तलाउ किनारमा सबै श्रद्धालु बसी रमाइलो गर्दै छठको लोकगीत गाउने प्रचललन समेत रहेको छ । पवित्र मनले छठ मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास रहेको छ । राप्तीतटमा पूजा गर्ने भक्तजनहरु करिव ५ सयको हाराहारीमा उपस्थित भएको दावी गरिएको छ । ६०० सय फिटको टेण्ट लगाएर ३० वटा ठाउँमा भक्तजनहरुले सामूहिक पूजा गर्ने व्यवस्था मिलाइएको थियो ।

ADVERTISEMENT

हेटौंडाको राप्तीमा मनाइएको छठ पर्वका अवसरमा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारहरु समेत राप्ती तट पुगेका थिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya