‘ज्यान जोगाउनेको ज्यानको सुरक्षा खै ?’

हेटौंडा, चिकित्सक माथि भएको हतपातको विषयमा हेटौंडाका युवाहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन् । उनीहरुले चिकित्कस माथि भएको हातपातको घटना निन्दनिय रहेको भन्दै ‘प्ले’ सहित प्रर्दशन गरेका हुन् ।

ADVERTISEMENT

बिहीबार साँझ ५ बजेको समयमा परेको वर्षमा रुझ्दै प्रर्दशन गरेका हुन् । हेटौंडाका युवा विकेशलाल श्रेष्ठको अगुवाईमा न्यायका लागि प्रशासन माथी शान्तिपुर्ण दवाव दिने उद्देश्य अनुसार प्रर्दशन गरिएको हो । उनीहरुले ‘उपचार गर्नेले नै कानुनी उपचार पाएनन्’, ‘डाक्टर भन्दा डाँका प्यारो हुने कस्तो जमाना आयो बरि लै’, ‘उपचार गर्ने मान्छे नै भर्ना भएपछि बिरामी जाने मन्दिर त होला नी ?’, ‘स्वास्थ्यकर्मीका लागि न्याय खोज्न कहाँ जाऊ ?’, ‘ज्यान जोगाउनेको ज्यानको सुरक्षा खै ?’ जस्ता प्ले कार्ड सहित प्रदर्शन गरेका थिए ।

श्रेष्ठका अनुसार बुधबार हेटौडा–१ स्थित सन्चो अस्पतालमा डा. प्रशान्त बिडारी र विकाश थापा माथि भएको सामुहिक कुटपीट घटनाको निन्दा गरेका छन् भने आफै न्यायलाय बन्दै चिकित्सकहरु माथि हातपात गरिएको घटनाले स्वास्थकर्मीहरुमा त्रास उत्पन्न भएको छ ।

ADVERTISEMENT

चिकित्सकको गल्तीका कारण उपचारको क्रममा कुनै पनि व्यक्तिको मृत्यु भएको खण्डमा सम्बन्धित निकाय मार्फत कानुनी रुपमा अगाडी बढाउनु पर्ने भएपनि गल्ति रहेको आशंका भरमा हातपातमा उत्रिनु गलत भएको उनको भनाई छ ।
उनले स्वास्थ्यकर्मीको मनोबलमा ह्रास आउने गरी भएको हातपातको विषयमा छानविन गरी दोषी माथि कानुन बमोजिम कारवाहीको माग गरेका छन् । सुरक्षाको निमित्त खटिएको निकायले नै घटना बारे मुद्दा दर्ता गर्न नमाने भए मकवानपुरका जनता न्याय माग्न निमित कहाँ जाने हो थाहा चाहियो ? भन्दै प्रश्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *