मकवानपुरका ५ सय ७५ जना शिक्षक सम्मानित

हेटौंडा, विषयगत शिक्षक संयुक्त सञ्जालले शनिबार एक कार्यक्रमका बीच मकवानपुरका ५ सय ७५ जना शिक्षकलाई सम्मान गरेको छ ।

२०७९ सालको एसइई परीक्षामा जीपीए ए प्लस र ए ल्याउने विषयगत शिक्षकलाई सम्मान गरेको हो । मकवानपुरमा रहेका १ सय ३४ वटा विद्यालयका ५ सय ७५ जना शिक्षकलाई सम्मान गरेको विज्ञान शिक्षक संघ नेपाल मकवानपुरका उपाध्यक्ष भरत पोखरेलले जानकारी दिए ।

विषयगत सञ्जालका संयोजक धनिकलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

विषयगत शिक्षक संयुक्त सञ्जाल मकवानपुरमा सोसल स्टडिज टिचर्स एशोसियसन नेपाल मकवानपुर, विज्ञान शिक्षक संघ नेपाल मकवानपुर, नेल्टा मकवानपुर, गणित शिक्षा परिषद मकवानपुर, नेपाली भाषा शिक्षक समिति मकवानपुर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button