जेसीजको क्षेत्र ‘ख’ अध्यक्ष भेला हेटौंडामा हुने

हेटौंडा, नेपाल जेसीज अन्तर्गत क्षेत्र ‘ख’का अध्यक्षहरुको भेला हेटौंडामा हुने भएको छ । जेसीआई मकवानपुरगढीको आयोजनामा नेपाल जेसीजअन्तर्गत् ‘एरिया बी’ को अध्यक्षहरुको सम्मेलन १८ र १९ गते हेटौंडामा हुने भएको हो ।

ADVERTISEMENT

आयोजक जेसीज अध्यक्ष बिजय पुडासैनीका अनुसार सम्मेलनमा करिब एक सय २० जनाको उपस्थिति रहनेछ । ‘एरिया बी’ अन्तर्गत्का सन् २०२३ र २०२४ का अध्यक्षहरुले २ दिनसम्म हेटौंडामा हुने भेलाले यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने दावी गरिएको छ ।

‘एरिया बी’ मा ४१ वटा जेसीजका शाखाको आबद्धता रहेको छ । सन् २०२२ मा स्थापित गढी जेसीजले राष्ट्रियस्तरको कार्यक्रम गर्न लागेको पहिलो पटक हो । यसअघि जेसीजले राष्ट्रिय जेसीज कप फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

जेसीज संस्थापक अध्यक्ष पुष्पराज पुडासैनीका अनुसार सम्मेलनमा करिब ५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । सम्मेलनको उद्घाटन नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति एवम् प्रदेश सांसद इन्द्रबहादुर बानियाँले गर्ने छन् । पत्रकार सम्मेलनमा मकवानपुरगढी जेसीजका पदाधिकारीलगायतको आतिथ्यता रहेकोे थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *