प्रधानाध्यापक बोम्जनमाथि गोली प्रहार

हेटौंडा, मकवानपुरका एक प्रधानाध्यापकमाथि ग‍ोली प्रहार भएको छ । बकैया गाउँपालिका-३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार भएको हो ।

ADVERTISEMENT

मकवानपुरको बागमतीबाट प्रदेश २-००३-००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका बोम्जनमाथि सिन्धुलीको हरिहरपुरगढी-६ मा गोली प्रहार भएको सिन्धुली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल कुमार खड्काले जानकारी दिए । तीन जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकलमा सवार रहँदा उनी माथि गोली चलाएको डिएसपी खड्काले बताए ।

मोटरसाइकलमा उनीसंगै उनको भाइलाई भने केही नभएको र प्रेमलाई सर्लाहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि विरगंज लगिएको जनाइएको छ । सिन्धुली प्रहरीले गोली प्रहार गर्नेको खोजीका लागि टोली परिचालन भइसकेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *