हेटौंडा, प्रेस काउन्सिल नेपालले प्रदान गर्दै आएको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार २०८० बाट मकवानपुरका पत्रकार राममणी दाहाल पुरस्कृत भएका छन् ।
नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष र गोरखपत्र राष्ट्रिय दैनिकका मकवानपुर सम्बाददाता दाहाल शनिवार राष्ट्रपति कार्यलय शितल निवासमा भएको कार्यक्रममा पुरस्कृत भएका हुन् ।
प्रेस काउन्सिल नेपालले ५४ औं वार्षिकोत्सवको अवसरमा दाहलसँगै यस पुरस्कारबाट कञ्चनपुरका माधवसिंह धामी, र काभ्रेबाट प्रकाशित हुने चेष्टा साप्ताहिकलाई पुरस्कृत गरेको हो ।







